‘क्विन्टल सुन’ प्रकरण: अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

काठमाडौं । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान, व्यवसायी राकेश अडुकिया लाई पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो ।

तर तस्करीमा संलग्न भएको पुष्टि हुने आधार नभएको भन्दै उनीहरुलाई छाडिएको हो। अडुकियालाई सीआईबी र राजश्वले बुझ्न नमान्दा शनिबार भने उनलाई छाडिएको छ। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here