रोनाल्डोलाई अल नासरबाट पहिलो उपाधि

काठमाडौं । पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्।

गए राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल नासरले २-१ गोल अन्तरले पराजित गरेको थियो।

अल नासरको जितमा दुवै गोल रोनाल्डोले नै गरे। खेलको ७४औं र ९८औं मिनेटमा गोल गरेका हुन्। अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन् ।

खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो ।

तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here