यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा सञ्चालिल परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा टेलिकमले नतिजा प्राप्त गर्ने सम्बन्धमा जानकारी छ ।

सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको हो ।

आईभीआरबाट नतिजा थाहा पाउन ल्यान्ड लाइन फोन र मोबाइलबाट १६०० डायल गरेर प्राप्त हुने निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसबाट नतिजा थाहा पाउन मोबाइलको एसएमएस बक्समा गएर NEB< space> टाइप गरी १६०० मा पठाउनुपर्छ ।

त्यस्तै युएसएसडीबाट नतिजा थाहा पाउन *1600 # डायल गरी प्राप्त निर्देशनअनुसार गर्नुपर्छ भने वेबबाट नतिजा हेर्नको लागि नेपाल टेलिकमको https://neb.ntc.net.np बेबसाइटमा जानुपर्ने हुन्छ । जहाँबाट मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here