टक्सार महाशाखामा पगालिँदै विमानस्थल बाहिरबाट बरामद भएको सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।

राजस्वले बरामद गरेकाे ब्रेक शु सहितको सुनको तौल १५५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here