महिला विश्वकप: स्पेन फाइनलमा

काठमाडौं । स्पेन पहिलोपटक फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ।

न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।

स्पेनको जितमा साल्मा एयिनगोनो र ओल्गा कार्मोनाले गोल गरे । स्वीडेनकी रेबेका ब्लोमभिस्टले गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् ।

अब उपाधिका लागि स्पेनले अस्ट्रेलिया वा इंग्ल्यान्ड मध्ये एक टिमसँग भिड्नेछ। अस्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा पुग्न भोलि प्रतिस्पर्धा गर्दैछन्। फाइनल शनिबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here