उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ।

रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ। एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

समस्या आएकाे एयर इण्डिया जहाजमा १७९ जना यात्रु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here