पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभामा खड्का सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्। सभाले जिल्ला अध्यक्षमा दिवाकर घलेलाई निर्वाचित गरेको छ।

यस्तै संघको उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन्। संन्यास लिएको दुई वर्षपछि पारस क्यानमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौं जिल्ला क्रिकेट सङ्घले साधारण सदस्यको मान्यता दिएको छ ।

जिल्लादेखि नै क्यानको फेरबदल गर्नुपर्ने र क्रिकेटको विकासमा सक्रिय भएर लाग्नुपर्ने भन्दै पारस केही समयदेखि क्यानको राजनीतिमा सक्रिय थिए । पारस अब जिल्लाबाट प्रतिनिधि बन्दै प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here