७ दशमलव ८६ प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौं । नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको नाफा गत आार्थिक बर्ष अघिल्लो आार्थिक बर्ष २०७८\७९ को तुलनामा ७ दशमलव ८६ प्रतिशतले घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरणले गत आार्थिक बर्ष अघिल्लो आार्थिक बर्ष २०७८\७९ को तुलनामा ७ दशमलव ८६ प्रतिशतले घटेको देखाएको हो ।

कम्पनीले अघिल्लो आवमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो । गत आवमा टेलिकमको नाफा घटेर ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको वित्तीय विवरणले देखाएको छ । गत आर्थिक बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा पुगेको छ । अघिल्लो आवमा ४७ रुपैयाँ ०६ पैसा थियो ।

कम्पनीले अघिल्लो बर्ष ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ विक्री आम्दानी गरेको थियो । तर गत आवमा विक्री आम्दानी २ दशमलव ९४ प्रतिशतले घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ मा झरेको छ ।

यता कम्पनीको कुल आम्दानी भने करिव ४३ करोड रुपैयाँले बढेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष कम्पनीको कुल आम्दानी ४४ अर्ब ८६ करोड छ। अघिल्लो बर्ष यस्तो आम्दानी ४४ अर्ब ३७ करोड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here