त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा घनश्याम भट्टराई नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा डा घनश्याम भट्टराई नियुक्त भएका छन् ।

२०७९ साउन १९ गतेदेखि रिक्त रहेको सो पदमा १ बर्षपछी भट्टराई नियुक्त भएका हुन् । इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

उनलाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

राजनीतिक भागबन्डाका कारण सिफारिस समितिले पटक पटक सिफारिस गर्दा पनि आयोगले अध्यक्ष पाउन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here