काठमाडौं डेंगी संक्रमितको ‘रेड जोन’मा

काठमाडौं । डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् ।

उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा र दार्चुला छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here