मुख्यमन्त्रीको चलाखी, कांग्रेसका ज्येष्ठ सांसदलाई राज्यमन्त्री

काठमाडौं । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार विहान पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

विश्वासको मत लिने दिन एमालेले उपसभामुखलाई अनुपस्थित गराइदिए राज्यमन्त्री बनेका मण्डलले ज्येष्ठ सदस्यका रुपमा बैठक चलाउनुपर्ने थियो। यही कुरामा चलाखीपूर्वक मण्डललाई मन्त्री बनाइदिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here