सुन प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक हुन् । पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् ।

२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले ‘ब्रेक सू’मार्फत सुन तस्करी गर्ने समूहलाई सिनामंगलबाट पक्राउ गरेको थियो ।

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

मंगलबार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो। सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here