शनिबार काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको सूचनामा भनिएको छ।

सीतापाइला अन्तर्गत बाफल, बुढाथोकी कोल्डस्टोर, सिविल होम्स,सरनपुर, थापाचोक, इचंगु लगायतका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुनेछ।

बाफल र बलम्बु अन्तर्गत स्वयम्भू, सानो भर्‍याङ, पुरानो नैकाप,गर्जुधारा लगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै, कालीमाटी, कलंकी खसीबजार, सुनार गाउँ, कुलेश्वर, कीर्तिपुर बजार, ट्याङ्लाफाँट, पांगा लगायतका क्षेत्रमा समेत विद्युत अवरुद्ध हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here