यूरोपेली लिगमा सावित्रा भण्डारीको डेब्यू गोल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् । जसमा हापोएल रानाना २–० ले विजयी भयो।

सावित्रा इजरायलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् ।

गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।

यसअघि सावित्रा भारतीय महिला आई लिगमा चम्किएकी थिइन् । उनले आई लिगमा तीनवटा उपाधि जितेकी थिइन् । उनी घरेलु लिग फुटबल सशस्त्रको एपीएफ क्लबबाट खेल्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here