थप ५ ब्रोकरले पाए लाइसेन्स

काठमाडौं। थप पाँच वटा धितोपत्र दलाल (ब्रोकर)ले संचालन इजाजत (लाइसेन्स) पाएका छन् ।

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको साउन ३२ गते बसेको बैठकले थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।

बोर्डका अनुसार सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले लाइसेन्स पाएका हुन् ।

यी समेत गरी अहिलेसम्म ३७ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरेका छन् । बोर्डले यसअघि पटक पटक गरेर ३२ कम्पनीलाई नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो ।

लाइसेन्स पाएकामध्ये ७ वटाले सेयर कारोबार समेत सुरु गरिसकेका छन् भने अन्य ब्रोकर पनि तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here