निर्यात २१.४ प्रतिशतले घट्यो, व्यापार घाटा साढे १४ खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको वैदेशिक व्यापार घाटा १५.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु.१४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको देखाएको हो ।

अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९र८० मा नेपालको कुल निर्यात एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको देखाएको हो ।

आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ ।

चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई रु.१६११ अर्ब ७३ करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here