विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब मौज्दात, १० महिनाको आयात धान्ने

काठमाडौं । सरकारको ढुकुटीमा १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी विनिमय सञ्चिति रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमै मुलुकको कूल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएको हो।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब रुपैयाँबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। २०८० असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २८.६ प्रतिशत, ३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्।

२०७९ असार मसान्तमा यी अनुपात क्रमशः २४.६ प्रतिशत, ५७. प्रतिशत र २२.१ प्रतिशत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here