फेसबुकमा स्टाटस लेखेर झुण्डिए वडाध्यक्ष घिमिरे

काठमाडौ। गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका उनी मृत भेटिएका हुन् ।

उनले फेसबुकमा लेखेका थिए- ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।‘

घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शुक्रबार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here