मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान छ।

न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।

आज (आइतबार) बिहानसम्म कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here