बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । साथै सोहि मोटरसाइकलरमा सवार एक जना बालिका घाइते भएकी छन् ।

बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेशना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी(३ की अनिता थापामगरको रहेका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अनिताकी ९ बर्षिय छोरी अनिसा को स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here