इन्टर मायामी बन्यो च्यामिपयन, मेसीले पाए ‘सर्वाधिक गोलकर्ता’ र ‘प्लेअर अफ दि टुर्नामेन्ट’ उपाधि

काठमाडौं । लिओनल मेसी आवद्ध अमेरिकन क्लब इन्टर मायामीले पहिलो उपाधि जितेको छ ।

आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मायामी च्याम्पियन बनेको हो ।

टेन्नेसेस्थित गोएडिस पार्कमा भएको फाइनलमा इन्टर मायामीले नासभिललाई सुटबउटमा १०-९ ले पराजित गरेको हो ।

खेलको २३ औं मिनेटमा मेस्सीले मायामीका लागि १ गोल गरेपनी प्रतिशपर्धीले बराबरी बनाएर ९० मिनेटको खेल एकरएकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।

लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।

उनले चार खेलमा एकरएक र तीन खेलमा समान दुईरदुई गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here