मुख्यमन्त्री थापाको विश्वासको मत फेल गराउने एमालेको रणनीतिमा, उपसभामुख सुटुक्क काठमाडौंमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै मुख्यमन्त्रीलाई अप्ठ्यारोमा पारेको छ।

सभामुख र उपसभामुख दुबै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ। एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्।

एमाले सांसदहरू रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका थिए। ‍

संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। उपसभामुख दनुवारले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुन प्रदेश सभा परिसर पुगेका सांसदहरू अलमलमा परेका छन्।

यस्तो भएमा ज्येष्ठ सदस्यको १३ औं नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेश सभाको अध्यक्षता गर्नुपर्ने छ। उनी बैठकको अध्यक्ष भएमा सत्ता गठवन्धनको ४६ सांसद हुने छ। विश्वासको मतका लागि ४७ सांसद आवश्यक हुने भएकाले सत्ता गठबन्धन अप्ठ्यारोमा परेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here