भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागे सयभन्दा बढी कैदी

काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ ।

सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ । सुधार गृहमा गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here