एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ ।

सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सोमबार राति प्रधानमन्त्री पुष्पकमम दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा सुन प्रकरणबारे उच्चस्तरीय समिति भएको थियो। कार्यादेश तय गर्न तीन सदस्यीय कार्यदलसमेत बनेको थियो।

साउन २ गते त्रिभुवन विमानस्थल बाहिरबाट ६० किलो बढी सुन बराबद भएपछि एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।

छानबिन समिति बनाउन माग गर्दै उसले साउन १० यता संसद बैठक अवरूद्ध तुल्याउँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here