मुग्लिन-नारायणगढ सडकको पहिरो पन्छाउन अझै समय लाग्ने

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो रातिदेखि बाटो अवरुद्ध छ । सोमबार राति करिब ८ बजे नाम्सी पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य जारी छ । अहिलेसम्म लगभग ९० प्रतिशत सो पहिरो पन्छाइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

थप पहिरो नखसे अबको करिब दुई घण्टामा सडकमा आवागमन एकतर्फी सञ्चालन गराइने आज बिहान साढे ९ बजे उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सो सडक हुँदै यात्रा गर्ने यात्रीलाई वैकल्पिक बाटो प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो मिति २०८०/०५/०४ गते करिब ८ः०० बजेतिर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अब लगभग ९०% पहिरो पन्छाइसकेको अनुमान छ,” कार्यालयको सूचनामा उल्लेख छ, “थप पहिरो नआए अबको करिब दुई घण्टामा सडक आवागमन एकतर्फी खुल्ने अनुमान गरिएको छ । आज यदि यो सडक हुँदै यात्रा गर्दै हुनुहुन्छ भने कृपया वैकल्पिक बाटो हुँदै यात्रा गर्नुहुन अनुरोध छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here