विश्वको जेठो हात्ती बिजुली प्रसादको ८९ वर्षमा मृत्यु

काठमाडौं । भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढोमध्येको एक हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा सो हात्तीको मृत्यु भएको हो ।

सन् १९४० मा एक बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुलीप्रसाद नामको सो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो ।

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । बिजुलीप्रसादको सोमबार बिहान मृत्यु भएको हो । पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुन सक्ने सरमानको अनुमान छ । रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here