डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार यज्ञ बञ्जाडेलाई

काठमाडौं । यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।

लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर बञ्जाडेलाई प्रदान गरिने भएको हो । डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस भदौ २१ गते हो ।

विगत एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय बन्जाडेलाई ५० हजार नगद र सम्मानपत्र प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

डा.पन्तले जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा ब्यतित गरेका थिए । डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट दिने गरिएको छ ।

यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा र बिजय राज खनालले पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here