तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए, यी हुन् प्रभावित जिल्ला

काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा डेंगु संक्रमणको संख्या बढेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ ।

यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगु संक्रमित थपिएका छन्

१५० भन्दा बढी डेंगु संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी डेंगु भएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here