‘आइएमई पे’ले ल्यायो ‘विकेट टू विन’ अफर

काठमाडौं । ‘आइएमई पे’ले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टू विन’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफरमा सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसिया कप’ प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिसहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् ।

यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए । यो अफर भदौ ८ देखि १२ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here