क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा

फाइलफोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै पारसले आफू बागमती प्रदेशको अध्यक्षमा उठ्ने औपचारिक रुपमा घोषणा गरेका हुन् ।

बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका थिए । बागमतीका बाँकी दुई जिल्ला नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन् । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् । चुनाव आगमी भदौं १५ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here