अभिनेता सानु ताम्राकारको निधन

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।

७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए । शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here