नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब २६ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको १ अर्ब २६ करोड २७ लाख २७ हजार ८७६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये एक वटाको बढेको छ भने अन्य सबैको परिसूचकमा घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here