साउनमा ५५ हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि

काठमाडौं । नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार आर्थिक बर्ष २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३ सय २७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यस बर्ष साउनमा मात्र ३९ हजार १ सय ५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २ सय २४ र व्यक्तिगतमा ७ हजार ५ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी मार्फत २ हजार ३ सय ६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७ सय २५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १ सय ३५ जना महिला विदेशिएका छन् ।

साउनमा सवैभन्दा बढी दुवई अथात यूएईका लागि ११ हजार ८ सय ७८ जनाले स्वीकृति लिएका छन् । त्यस्तै, कतारका लागि १० हजार ५ सय ५१ जनाले स्वीकृति लिएका छन् भने साउदी अरवको लागि १० हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतमा ३ हजार ७ सय १७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here