प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १२ प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिँदैछन्।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

गएको बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए। संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ ।

समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेदेखि नियमित बस्न थालेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here