एसिया कप आजदेखि: नेपाललाई नयाँ इतिहास कोर्ने अवसर, समर्थकलाई नयाँ अनुभव

काठमाडौं । नेपालले आज एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । एक दिवसीय क्रिकेटमा विश्वकै सबैभन्दा बलियो टिमविरुद्ध १४ स्थान तल रहेको नेपालको प्रतिस्पर्धा आफैँमा चुनौतीपूर्ण हुनेछ ।

तर मोन्टी देशाईको टिमले यो चुनौतीलाई अवसरका रुपमा लिएको छ । विश्व वरीयताको शीर्षस्थानमा रहेको टिमविरुद्ध नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न लागेको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । उसो त नेपाली टिममा आत्मविश्वास पनि देखिन्छ ।

। नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ । आज नेपाली टिममात्र होइन समर्थकले पनि क्रिकेट इतिहासमा एउटा नयाँ अनुभव गर्दै छन् ।

नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलोपटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रूपमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here