माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ १३ गते बसेको बैठकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here