भारतले तीन देशमा चामल निर्यातको प्रतिबन्ध हटायो, नेपालमा यथावत

काठमाडौं । भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध तीन देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो ।

नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो । तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here