फेरी घट्यो सुनको मूल्य, प्रतितोला ४०० ले घट्दा कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १५ भदौ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज ४०० रुपैयाँले गिरावट देखिएको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला रु ७२ हजार ४०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ४०० ले घटेर रु ७२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतवार तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० घटेर रु ७१ हजार ७ सय कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु ७२ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदीको मूल्य आजपनि प्रतितोला रु ८८५ नै कायम भएको महासङ्घले जनाएको छ ।

पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७३ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here