काठमाडौं र ललितपुरका यी क्षेत्रमा शनिवार साढे ८ घन्टा विद्युत अवरूद्ध हुने

file

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।

भोलि के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here