एटीएम ह्याक प्रकरण पछि उच्च सतर्कता, राष्ट्र बैंककाे आकस्मिक बैठक

काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरहरुले अवैधरुपमा ठूलो रकम निकालेको भेटिएपछि विभिन्न बैंकको एटीएम सेवा बन्द भएका छन् ।

प्रहरीले गए राती नबिल बैंकको दरवारमार्गस्थित एटीएमबाट नक्कली एटीएम कार्डकाे प्रयाेग गरी १ करोड ३४ लाख रुपैयाँ निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हाे । उनीहरु योजनाबद्ध रुपमा नेपालका विभिन्न बैंकका एटीएमबाट ठूलो रकम चोर्ने गरी नेपाल भित्रिएको प्रहरीले बताएको छ ।

अन्य बैंककाे एटीएम सिस्टममा पनि ह्याक गर्ने प्रयास भएकाे देखिएपछि शनिबार रातिदेखी नै अधिंकाश बैंकको एटीएम सर्भर डाउन गरेर सेवा बन्द गरीएको थियाे । आइतबार बिहानदेखि अधिकांश बैंककाे एटिएम सञ्चालनमा आएपनि केही बैंककाे भने अझै सेवा सञ्चालन गरीएकाे छैन् ।

नेपाल राष्ट्रबैंकले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ । राष्ट्र बैंकले यसबारेमा छलफलकाे लागि आकस्मिक बेठक बाेलाएकाे छ ।

बैंकहरूकाे एटीएम सञ्जाल सञ्चालन गर्ने जिम्मा पाएकाे नेप्स भन्ने संस्थाकाे सर्भर ह्याक गर्ने प्रयास गरीएको थाहा भएपछि उक्त सर्भरमा आबद्ध सबैं बैंकको एटीएम सेवा बन्द गरीएको हो । अहिले अधिकांश बैंकका एटीएम भने चलेका छन् तर, एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरी पैसा निकाल्न नमिल्ने बनाइएको बताइएको छ ।

यस्तै महानगरीय प्रहरी परिसरले यसबारेमा जानकारी दिन दिँउसाे २ बजे पत्रकार सम्मेलन गर्ने बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here