पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ६७ हजार

काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२३ को अगष्ट महिनामा ६७ हजार १५३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन् । भारतबाट हरेक महिनामा पर्यटक आगमनमा उच्च दरमा बढिरहेको छ ।

भारतबाट २६ हजार ६६५ पर्यटक नेपाल आएका छन् । यस्तै, दोस्रोमा चीन रहेको छ । चीनबाट अगष्टमा पाँच हजार २७ पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट चार हजार ६२९, श्रीलंकाबाट तीन हजार पाँच, बंगलादेशबाट तीन हजार १९०, यूकेबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८, जापानबाट एक हजार ५२०, इटलीबाट एक हजार ४९६ र अष्ट्रेलियाबाट एक हजार ३४७ पर्यटक नेपाल आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here