बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष विजयी भएका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनबाट खड्काले अध्यक्षका अर्का प्रत्याशी उमेश पियालाई पराजित गरे ।

पारसले २३ मत पाए भने उनका प्रतिस्पर्धी पियाले १४ मत पाए । नयाँ कार्यसमितिको उपाध्याक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत निर्वाचित भए । तीनैजना समान २४ मतसहित विजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here