कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ सपना र सुष्मालताको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो। पेसी पहिलो नम्बरमै छ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको जिकिरसहित पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here