नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो। नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो ।

नेपालको आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । गुल्सन झाले पनि २३ रन जोडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here