नेपाल एसिया कपबाट बाहिरियो, भारतसँग १० विकेटले पराजित

काठमाडौं । भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएको छ । भारतले २०. १ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गरेको हो ।

यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर फर्केको छ । भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। वर्षाका कारण डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here