कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ। आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here