यूएईसँगको खेल रद्द, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

वर्षाको कारण टस समेत खेल रद्द भई दुबै टोलीले एक एक अंक बाँडेका छन् । यससँगै समूह ए बाट यूएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वीबारे भने निर्णय हुन बाँकी छ । समूह ‘बी’ मा हङकङ र थाइल्यान्ड शीर्ष स्थानमा छन् ।

समूह ए मा नेपाल र युएई को ५ खेलमा समान ९ अंक भएपनि नेटरनरेटको आधारमा यूएई शीर्ष स्थानमा रह्यो भने नेपाल दोस्रो स्थानमा हुन पुग्यो ।

नेपालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।

उता समूह बी मा रहेको हङकङ र थाईल्यान्ड आज भिड्दैछन् । हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ ।

समूह चरणमा नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here