पुलछेउमा कार रोकेर सप्तकोशीमा हाम फालेका डा.कोइरालाको शव भेटियो

काठमाडौं । पुलछेउमा कार रोकेर सप्तकोशी नदीमा हाम फालेका डा. प्रज्वल कोइरालाको शव भेटियो १० दिनमा भेटिएको छ ।

दमक नगरपालिका वडा नम्बर १ निवासी कोइरालाको शव सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको हो ।

माछा मार्ने मान्छेले लाश देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दोजुल्दो देखिएपछि मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गरेको थियो ।

परिवारका सदस्यले शवको पहिचान गरिसकेको र शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ।

आज उनको शवको अन्त्येष्टि गरिने बताइएको छ। डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए। वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते भने उनको सवारी-साधन चतराको पुलपारि बिहान फेला परेको थियो।