वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७:३० बजे निधन भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु निमोनियाबाट भएको जानकारी दिएका हुन् । भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।

वडाअध्यक्ष तथा एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति रिजाललाई श्वासप्रश्वासको समस्या देखिएको थियो । तर पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here