कान्तिपुरकर्मी बन्जाडेलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ ।

लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर बञ्जाडेलाई प्रदान गरिएको हो ।

विगत एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय बन्जाडेले ५० हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् । डा.पन्तले जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा ब्यतित गरेका थिए ।

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट दिने गरिएको छ ।

यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा र बिजय राज खनालले पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here